मनोज गजुरेललाई जब डब्लुएचओका महानिर्देशक टेड्रोसले भेट्न बोलाए

मनोज गजुरेललाई जब डब्लुएचओका महानिर्देशक टेड्रोसले भेट्न बोलाए

१२ वैशाख, काठमाडौं । 
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प त कहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भेष धारण गरेर क्यारिकेचर गर्ने मनाज गजुरेलले गत वर्ष  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेहब्रेयसस क्यारिकेचर गरे । नेपालमा खुबै रुचाइएको उक्त क्यारिकेचरले अन्तराष्ट्रिय मिडियामा समेत स्थान पायो । 

टेलिभिजनको पर्दामा हेरेर टेड्रोसको नक्कल गरेका गजुरेललाई डब्लुएचओका महानिर्देशक डा. टेड्रोसले नेपालमा भेट गरेका छन् । तीन दिने औपचारिक भ्रमणमा नेपाल आएका महानिर्देशक टेड्रोसले हास्य कलाकार गजुरेललाई भेट गरेका हुन् । 

भेटपछि गजुरेलले सामाजिक सञ्जालमा लेखेको छन्, ‘जसलाई पात्र बनाएर हास्यव्यङ्ग्य गरिन्छ, उनैले भेट गर्न बोलाउनु एक कलाकारका लागि ठूलो सम्मान र खुसीको कुरो हो । अझ नेपालजस्तो सानो देशबाट पनि ठूल्ठूला विश्वका नेताहरूलाई विषय बनाएर पब्लिक मेसेज दिएकोमा बधाई पाउनु, त्यो पनि एक अन्तर्राष्ट्रिय व्यक्तित्वबाट १ यो झन् देशकै लागि खुसीको कुरा हो ।’