दरबारमार्गमा कालीप्रसादले दर्शक नचाउने

दरबारमार्गमा कालीप्रसादले दर्शक नचाउने

१२ वैशाख, काठमाडौं । 
गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले दरबारमार्गमा दर्शक नचाउने भएका छन् । 

३१ वैशाखमा आयोजना हुने  ‘कालीप्रसाद बाँस्कोटा लाइभ’ नामक कन्सर्टमा उनले आफ्ना हिट गीत मार्फत दर्शक रिझाउने भएका हुन् ।

दरबारमार्गको क्लब प्लाटिनममा आयोजना हुने कार्यक्रमको आयोजक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्क हो । कार्यक्रममा ‘जालमा’, ‘निर’, ‘साली मन पर्यो’ लगायत लोकप्रिय गीतहरू कालीप्रसादले गाउने छन् ।

‘नेपाल आइडल’को सिजन १, २ र ३ मा निर्णायकको भुमिकामा रहेका कालीप्रसाद केही समयअघि सम्पन्न गायन रियालिटी शो ‘सा रे ग म प’को निर्णायक समेत रहेका थिए ।