सिनेमा हलमा सौगात र दीयाको 'मन्त्र'

सिनेमा हलमा सौगात र दीयाको 'मन्त्र'

१६ वैशाख, काठमाडौ ।
आजबाट सिनेमा हलमा नयाँ नेपाली चलचित्र 'मन्त्र' प्रदर्शनमा आएको छ । 

अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनित चलचित्र ट्रेलरबाट नै राम्रो प्रतिक्रिया पाएको थियो । 'मन्त्र' सँगै बलिउड चलचित्र 'हिरोपन्ती २' र 'रनवे ३४' पनि आजबाट प्रदर्शनमा आएको हो ।

खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको यो चलचित्र मनास्लु हिमालको फेदमा खिचिएको छ । 

सुरेश कार्की, रवि राज कार्की र सुभा श्रेष्ठले निर्माण गरेका चलचित्रमा सौगात र दीया बाहेक बुद्धि तामाङ, नमिता तामाङ, वीरबहादुर लामा र पासाङ छिरिङ शेर्पाको यसमा अभिनय छ ।