आईसिसीले लगायो जयासूर्यालाई दुई वर्षको प्रतिबन्ध

आईसिसीले लगायो जयासूर्यालाई दुई वर्षको प्रतिबन्ध
तस्विर सौजन्य : BBC

 फागुन १५, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसिसी ले श्रीलंकाका ब्याट्सम्यान सनथ जयसूर्यालाई सबै किसिमका क्रिकेट क्रियाकलापमा दुई वर्षको प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

मंगलबार  आईसिसीले जयसूर्याले आईसिसीको भ्रष्टाचार नियन्त्रण इकाईका दुई संहिताको उल्लंघन गरेको पाइएकाले बताएको छ। 

क्रिकेट श्रीलंकाको चयन समितिका पूर्व अध्यक्ष जयसूर्याले यस प्रतिबन्धलाई स्वीकार गरेका छन्। यस प्रतिबन्ध अनुसार उनले सन् २०२१ सम्म क्रिकेटसँग सम्बन्धित कुनै कार्यक्रममा भाग लिन पाउने छैनन्।