हिरो गोल्ड कप : नेपाल उपविजेतामै सिमित

हिरो गोल्ड कप : नेपाल उपविजेतामै सिमित
तस्विर सौजन्य : Goalnepal

फागुन ३, काठमाडौं । भारतको भुवनेश्वरमा आयोजना भएको हिरो वुमन्स गोल्डकप फुटबल प्रतियोगितामा नेपाल उपविजेतामा सीमित भएको छ।

शुक्रबार उडिसास्थित कंलिगा रंगशालामा  भएको फाइनलमा म्यानमारसँग ३/१ गोलले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको हो।

खेलको ३८ औं मिनेटमा म्यानमारकी  यियी ओले गोल गर्दै म्यानमारलाई अग्रता दिलाइन् । त्यसपछि ४५ औं मिनेटमा मन्जली योञ्जनले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन्।पहिलो हाफ १/१ गोलको बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा भने आक्रामक खेल खेलेका थिए। 

त्यस्तै खेलको ५४औं मिनेटमा गोल गर्दै म्यानमारले खेलमा २/१ को अग्रता बनाएको थियो। म्यानमारकी विन थेंगी टुनले गोल गरेकी थिइन्। त्यसलगत्तै ६३औं मिनेटमा यियी ओले व्यक्तिगत दोस्रो गोल गर्दै खेल म्यानमारको पक्षमा पारीन् ।