नेदरल्यान्ड्सलाई हराउँदै पोर्चुगलले जित्यो नेसन्स कपको उपाधि

नेदरल्यान्ड्सलाई हराउँदै पोर्चुगलले जित्यो  नेसन्स कपको उपाधि
तस्विर सौजन्य : Daily Express

जेठ २७, काठमाडौं । 
युइएफए नेसन्स लिग फुटबल अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो संस्करणको उपाधि पोर्चुगलले जितेको छ । 

नेपाली समयअनुसार सोमबार बिहान आफ्नो घरमा भएको फाइनल खेलमा पोर्चुगलले पाहुना टोली नेदरल्यान्ड्समाथि १–० को जित निकाल्दै उपाधि पोल्टामा पारेको हो ।

पोर्चुगलको जितमा गोन्कालो गुएडेस नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा गुएडेसले निर्णायक गोल गरेका हुन्। बर्नार्डो सिल्भाको पासमा उनले निर्णायक गोल गरेका थिए ।

कप्तान रोनाल्डोले पोर्चुगललाई दोस्रो अन्तराष्ट्रिय उपाधि दिलाउन सफल भएका छन् । यसअघि रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोकप जितेको थियो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पोर्चुगलका बर्नार्डो सिल्भाले हात पारे ।