विश्वकप क्रिकेट : अस्ट्रेलियासँग पाकिस्तान ४१ रनले पराजित

विश्वकप क्रिकेट : अस्ट्रेलियासँग पाकिस्तान ४१ रनले पराजित
तस्विर सौजन्य : jagran

जेठ २९, काठमाडौं ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले हराएको छ ।

इंग्ल्याण्डको सोमरसेटस्थित काउन्टी ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै ३ सय ७ रन बनाएको थियो ।

३०८ रनको लक्ष्य लिएर मैदान उत्रिएको पाकिस्तानले ४५ दशमलव ४ ओभर खेल्दै सबै विकेट गुमाएर २६६ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि लागि डेभिड वार्नरले सर्वाधिक १ सय ७ रनको योगदान दिए । त्यस्तै कप्तान एरन फिन्चले ८२ रनको अर्धशतकिय पारी खेले । यता, पाकिस्तानका मोहमद आमिरले ५ विकेट हात पारे ।