वैदेशिक रोजगार मुद्दामा फरार प्रतिवादी पक्राउ

वैदेशिक रोजगार मुद्दामा फरार प्रतिवादी पक्राउ

जेठ २९, काठमाडौं ।
वैदेशिक रोजगार ठगी मुद्दामा फरार काठमाडौं महानगरपालिका-३२ का सुमन देउजालाई रानीबन काठमाडौंबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

वैदेशिक रोजगार न्यायाधिकरणको २०७१ माघ ४ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार सुमनलाई केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका सुमनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं  पठाइएको छ ।