बार्सिलोनाको जितमा मेस्सीको निर्णायक गोल

बार्सिलोनाको जितमा मेस्सीको निर्णायक गोल
तस्विर सौजन्य : Goal.com

फागुन ५, काठमाडौं ।  कप्तान लियोनल मेस्सीले पेनाल्टीमा निर्णायक गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा रियल भालाडोलिडलाई १–० गोलले हराएको छ ।

शनिबार राति आफ्नै घरेलु मैदान नाउ क्याम्पमा भएको खेलको ४३औं मिनेटमा पेनाल्टीबाट मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनको गोलमा बार्सिलोनाले पहिलो हाफसम्म १(० गोलको अग्रता बनाएको थियो ।

खेलको दोस्रो हाफमा बार्सिलोनाले एकपछि अर्को उत्कृष्ट गोल गर्ने अवसर खेर फाल्यो । खेलको ८५औं मिनेटमा बार्सिलोनाले पुन पेनाल्टी पाएको थियो । यसअघि पेनाल्टीबाटै गोल गर्दै अग्रता दिलाएका मेस्सी यो पटक भने पेनाल्टीमा सफल हुन सकेनन् । उनले पेनाल्टीबाट गोल गर्न मिस गरेसँगै बार्सिलोनाले दोब्बर अग्रता बनाउनबाट चुकेको थियो ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ५४ अंक भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २४ खेलबाट ४७ अंक छ ।