सन्दीपको टिम मेलबर्न स्टार्स बिग ब्याश लिगको उपबिजेतामा सिमित

सन्दीपको टिम मेलबर्न स्टार्स बिग ब्याश लिगको उपबिजेतामा सिमित
तस्विर सौजन्य : sbs.com

फागुन ५, काठमाडौं । युवा लेगस्पीनर सन्दीप लामिछाने सम्मिलत टिम मेलबर्न स्टारर्स बिग ब्यास लिगको उपबिजेतामै चित्त बुझाएको छ ।

आइतबार मेलबर्नमा भएको फाइनलमा स्टार्स मेलबर्न रेनेगड्सँग १३ रनले पराजित भएको हो । 

पहिले ब्याटिङ गरेको मेलबर्न रेनिगेट्सले २० ओभरमा ५ विकेट गुमाएर १४५ रन बनाएको थियो । जीतका लागि १ सय ४६ रनको लक्ष्य पाएको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्र बनाउन सक्यो ।

नेपालका सन्दीप लामिछानेले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १६ रन दिए । तर, विकेट भने लिन सकेनन् ।