'चिसो एस्ट्रे' को टिजर सार्वजनिक

'चिसो एस्ट्रे' को टिजर सार्वजनिक

१८ पुस, काठमाडौं । 
चलचित्र चिसो एस्ट्रे को टिजर सार्वजनिक भएको छ । चैत ४ मा प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई दिन्श पाल्पालीले निर्देशन गरेका हुन्।

चलचित्र सहरमा आएका निर्दोष गाउँले केटाको बारेमा पोस्ट-आधुनिक नाटक हो।  'गाउँबाट सहरी मानिसमा रूपान्तरण भई आधुनिक हुन खोज्दा उसलाई ऊ वास्तवमै को हो भनेर टाढा लैजान्छ, चलचित्र यही दर्शनमा केन्द्रीत छ ।

चलचित्रमा दिव्य देव, निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय देख्न सकिन्छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा महेशबाबु, प्रबिन स्याङ्बा र सुष्मिता पराजुली हुनुहुन्छ ।

उज्जवल बस्ताकोटीको छायांकन रहेको यस चलचित्रमा उज्जवल ढकालको सम्पादन रहेको छ ।