कुलमानको उज्यालो अभियान कथा बताउने ‘बादलहरु’ युट्युवमा

कुलमानको उज्यालो अभियान कथा बताउने ‘बादलहरु’ युट्युवमा

१ चैत, काठमाडौं । 
लाइट किङ्ग अर्थातउज्यालो नेपालका अभियन्ता नामले परिचित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिकल सर्ट मुभि सार्वजनिक भएको छ ।

एक कार्यक्रमका बीच कुलमान स्वयंको उपस्थितिमा उक्त सर्ट मूभि सार्वजनिक गरिएको हो ।

नेपाली टचको प्रस्तुतिको रहेको उक्त चलचित्रमा राज के गोस्वामीको स्वर रहेको छ । गीत सार्वजनिक कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरु राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवानले गायक गोस्वामीलाई शुभकामना दिएका थिए । 

उक्त चलचित्रमा संगीत मानव सुवेदीले भरेका हुन् भने अभिनेत्री सुरक्षा पन्तले प्रमुख भुमिकामा अभिनय गरेकी छन्।

छोटो भिडियोले गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गर्छ । कथामा गाउँमा बिजुली ल्याउन प्रयत्नरत इन्जिनियरको असामयिक निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको त्यो अपुरो काम पूरा गरेको देखाइएको छ । 

सुरक्षा पन्तकै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन् ।

र्हर्नुहोस् कुलमानको उज्यालो अभियान कथा बताउने ‘बादलहरु’...