भातृ संगठनले आक्रोश पाखेपछि प्रचण्ड भन्छन्, 'प्रकाश सपुतको गीतमा कोही उत्तेजीत हुनुपर्दैन'

भातृ संगठनले आक्रोश पाखेपछि प्रचण्ड भन्छन्, 'प्रकाश सपुतको गीतमा कोही उत्तेजीत हुनुपर्दैन'

१ चैत, काठमाडौं । 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धका कथावस्तु समेटेर निर्माण गरिएको गायक प्रकाश सपुतको गीतलाई लिएर कोही उत्तेजिन हुनुनपर्ने बताएका छन् । 

धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले प्रकाश सपुत राम्रो सिर्जना गर्ने कलाकार भएको भन्दै प्रशंसा समेत गरे।

शब्द, संगीत, स्वर, अभिनय र निर्देशनमा तयार भएको गीत ‘पीर’ मा माओवादी जनयुद्धका कारण केही मानिसको जीवन परिवर्तन भएपनि अधिकांश लडाकुहरुको जीवन अगाडि बढ्न नसकेको देखाएको छ । साथमा, कतिपय महिला लडाकुहरुकोे जीवन धान्नका लागि देह व्यापारमा लागेको समेत देखाइएको छ । 

यो दृश्यले जनयुद्दको खिल्ली उडाएको भन्दै माओवादीका विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताले गायक सपुतलाई गीत हटाउदै मागी माग्न भनेका थिए । तर सोही समयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने गीतलाई लिएर उत्तेजित हुन आवश्यक नरहेको बताएका हुन् ।

उनले, कुनै पनि कलाकारले गीतलाई विभिन्न कोणबाट तयार गर्न सक्ने भन्दै यसमा धेरै प्रतिक्रिया दिन आवश्यक नरहेकोे बताए।