गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

पोखरा, २६ वैशाख । 
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

गुरुङले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका हुन्। 

उनले मुख्यमन्त्री गुरूङले राजीनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन्।

गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वासको प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो ।