गुल्मीमा ट्रकले ठक्कर दिदा दुई पुरुषको मृत्यु

गुल्मीमा ट्रकले  ठक्कर दिदा दुई पुरुषको मृत्यु

१२ पुस, गुल्मी ।
गुल्मीमा ट्रकले ठक्कर दिदा आइतबार आज बिहान दुई जनाको मृत्यु भएको छ । 

रेसुङ्गा नगरपालिका–१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको सो दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको ना ५ ख ३२०४ नंको ट्रकले रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत मसिनेखोलामा उनीहरुलाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए । 

ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेको छ । 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।