चलचित्र '८३' फेब्रुअरीको अन्त्यसम्म ओटीटीमा आउने

चलचित्र '८३' फेब्रुअरीको अन्त्यसम्म ओटीटीमा आउने

२ फागुन, काठमाडौं । 
बलिउड अभिनेता रणवीर सिंह मुख्य भुमिकामा अभिनित चलचित्र  '८३' नेटफ्लिक्स र हटस्टारमा स्ट्रिम हुने भएको छ । 

चारतीय मिडिया रिपोर्टहरूका अनुसार, यो चलचित्र फेब्रुअरी १८ वा २५ सम्म ओटीटी प्लेटफर्ममा स्ट्रिम हुने बताइएको छ ।

नेटफ्लिक्सले चलचित्रको हिन्दी संस्करणको अधिकार लिएको छ भने यसको तमिल, तेलुगु, कन्नड र मलायालम संस्करण हटस्टारसँग छ । धेरै स्टुडियोहरूले यसको विभिन्न संस्करणहरू प्रस्तुत गर्न हात मिलाएका छन् ।

यो चलचित्र कबिर खानले निर्देशन गरेका हुन्।

यो चलचित्रमा सन् १९८३ मा भारतीय क्रिकेट टिमले विश्वकप जितेको विषयलाई बोकेको छ । चलचित्रमा रणवीर सिंह, दीपिका पादुकोण, एमी विर्क, हार्डी संधु, पंकज त्रिपाठी, जतिन सरनाजस्ता कलाकारले अभिनय गरेका छन् ।