बक्स अफिसमा 'पुष्पा' को रेर्कड !

बक्स अफिसमा 'पुष्पा' को रेर्कड !

५ पुस, ऐजेन्सी । 
दक्षिण भारतीय चलचित्र साउथका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्ना अभिनीत फिल्म पुष्पा द राइज कोरोनापछिकै सबैभन्दा बढी व्यापार गर्ने चलचित्र बनेको छ । 

१७ डिसेम्बरमा रिलिज भएको यस चलचित्रले फ्यान र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ भने विश्वका दिर्जनौ मुलुकका आकर्षक व्यापार पनि गरेको छ । 

यस चलचित्रले रिलिजको दोस्रो दिन अर्थात शनिबार (हिन्दी भाषाको) बक्स अफिसमा करिब चार करोडको कलेक्सन गरेको छ । चलचित्रले पहिलो दिन हिन्दीमा तीन करोड कमाएको थियो ।

चलचित्रले दुई दिनमा अहिलेसम्म सात करोडको बक्स अफिस कलेक्सन गरेको  ट्रेड एनालिस्ट जानकारी दिएका छन्।

रिपोर्टका अनुसार चलचित्रले दुई दिनमै विश्वभर सय करोडको आँकडा पार गरेको छ । विश्वभर चलचित्रले दुई दिनमा एक सय १६ करोड कमाएको छ ।

चलचित्रले पहिलो दिन विश्वभर ७१ करोड कमाएको थियो । दोस्रो दिन ४५ करोड कमाएको हो । चलचित्रले अमेरिकी बक्स अफिसमा ४१.३० मिलियन (लगभग १० करोड रुपिँया) कमाएको छ ।

चलचित्रले अष्ट्रेलिया लगायत अन्य देशमा पनि राम्रो व्यापार गरिरहेको छ ।