तेस्रोपटक गर्भवती भएको हल्ला चलेपछि करिनाले भनिन, 'के म मेसिन हो ?'

तेस्रोपटक गर्भवती भएको हल्ला चलेपछि करिनाले भनिन, 'के म मेसिन हो ?'

१६ साउन, काठमाडौं । 
अभिनेत्री करिना कपूर हालसालै तेस्रो सन्तानको हल्लाको बारेमा मुख खोलेकी छन् । हिन्दुस्तान टाइम्ससँगको एक अन्तर्वातामा करिनाले यसबारे बोलेकी हुन् । 

अन्तर्वार्तामा उनीबारे सामाजिक सञ्जालमा चलाइएको हल्लाका विषयमा प्रश्न सोधिएको थियो, उनले सार्वजनिक गरेको एक तस्बिरलाई लिएर यस्तो हल्ला फैलिएको हो। हल्लाकाबीच करिनाले भने जवाफमा आफू कुनै बच्चा जन्माउने मेसिन नभएको बताएकी छिन्। 

उनले हल्ला चलाउनेहरुलाई प्रश्न गर्दै भनेकी छिन्, ‘के म बच्चा पाउने मेसिन हो?’ 

उनी भन्छिन्, ‘४० दिनदेखि म छुट्टीमा थिएँ, र मैले यो समयमा कत्ति पिज्जा खाएँ मलाई थाहा छैन। म आफैंले पनि खानपिन व्यवस्थित गराउन खोजिरहेको छु।’

करिनाका श्रीमान् सैफ अली खानसँग दुई छोरा छन् ।