सिनेमा हलवालाले मनोमानी गरेपछि दीपकको आक्रोश, 'विदेशीको तुलनामा कमजोर होलान् तर अशक्त छैनन्'

सिनेमा हलवालाले मनोमानी गरेपछि दीपकको आक्रोश, 'विदेशीको तुलनामा कमजोर होलान् तर अशक्त छैनन्'

३ वैशाख, काठमाडौं । 
दुई वर्षको कोरोना थलिएको नेपाली चलचित्र जगतमा नयाँ चलचित्र धमाधम प्रद्धर्शनीमा आउन थालेका छन् । अनमोल केसी र सुहाना थापा अभिनीत ए मेरो हजुर-४ सँग केजीएफ-२ जुधेपछि चलचित्र बजार हल्लिएको छ । 

हलमा केजीएफ २ हेर्नेको लर्काे नै लागेको छ भने ए मेरो हजुर ४ ले दर्शक थोरै पाउदा शो पनि घटेको छ । दर्शक चलचित्र हेर्न पुगेपछि सिनेमा हलवालाले मनोमानी ढंगले नियम मिचेर मध्यरातमा समेत चलचित्र चलाउन पछि परेनन् । 

सिनेमा हलहरुले बदमासी गरेर नेपाली चलचित्रको सो घटाएपछि निर्माता तथा कलाकार दीपकराज गिरीले सिनेमा हलवालालाई लक्षित गर्दै आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै नेपाली चलचित्रका दर्शकलाई सम्मान गर्न आग्रह गरेका छन् । 

'केजीएफ पनि चलाउ, पैसा मज्जाले कमाउ । तर, नेपाली चलचित्रलाई दिएको थोरै शो त नघटाउ । क्यूएफएक्स लगायतका केही हलहरुले न्याय गरेको देखियो । तर, केही हलहरुले भने बदमासी गरेको मज्जाले देखिएको छ । तपाइहरुलाई भोलीका दिनमा स्वदेशी उत्पादनमा अनिवार्य कोटा भनेर प्रतिशत तोकियो भने कति गाह्रो पर्छ होला ?' दीपकले लेखेका छन् ।

नियम नै मिचेर मध्यरातमा फिल्म चलाएर पैसा कमाउनेमाथि पनि दीपकले घुमाउरो शैलीमा आक्रोश पोखेका छन् । 'केजीएफ ले आगो बालेको छ, सहि हो त्यसमा तपाइहरूले नियम मै नभाको रातिको शो राख्नु भो कमाउनु भो , ठिक छ , कमाको राम्रो ! कमाउनुस ! तर नेपाली फ़िल्म राम्रै चलिरहेको छ भने  त्यस्को शो चाहि किन घटाउनु हुन्छ ?' दीपकले प्रश्न गरेका छन् । 

'अलिकता नैतिकता प्रदर्शन गरौं । नेपाली ब्रान्ड बिदेशीको तुलानामा कमजोर होलानु तर अशक्त छैन । हाम्रा आफ्नै दर्शक छन् । तिनिहरुको पनि सम्मान गरिदिनुहोला ।' दीपकले लेखेका छन् ।