लोकदोहोरी प्रतिष्ठानको साधारण सदस्य समेत नरहने गरी हटाईयो दुर्गेशलाई

लोकदोहोरी प्रतिष्ठानको साधारण सदस्य समेत नरहने गरी हटाईयो दुर्गेशलाई

काठमाडौं, २४ साउन। 
गायक तथा मोडल दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको छ । 

यसअघि नै लोक तथा दोहोरीगीत प्रतिष्ठानको बैठकले सदस्यता समेत नरहने गरी हटाउने निर्णय गरेपनि आज एक विज्ञप्ती जारी गर्दै दुर्गेशलाई निस्कासन गरिएको जनाएको हो ।

निष्कासनमा परेका दुर्गेशले भने प्रतिष्ठानले आफूलाई बहिष्कार गर्ने निर्णय गरेपछि प्रतिष्ठानको निर्णयमा आपत्ति जनाइसकेका छन् । 

प्रतिष्ठानले जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा सामजिक संजालमा विभिन्न माध्यमबाट सम्प्रेशित तीजगीत संगीतहरुमध्ये  ‘ख्यास पुतली’ को बारेमा पक्ष ,विपक्षमा रही सामाजिक संजालमा देखा परेका टिकाटिप्पणी, जनगुनासो र यस प्रतिष्ठानसँग लोकससंगीतकर्मी र शुभचिन्तकहरुको सकरात्मक अपेक्षलाई समेत ध्यान दिदैँ कलाकार दुर्गेश थापा ज्युलाई गीत प्रकाशन पुर्व नै यस प्रतिष्ठानले ख्यास पुतली संसोधन गरिदिनुहुन गरेको लिखितम् हार्दिक अनुरोधलाई बिल्कुलै वेवस्ता गरी निजले प्रतिष्ठानसँग आफ्नो सम्बन्ध नरहेको हुलका स्पष्टिकरण दिएको हुनाले प्रतिष्ठानको मिति २०७८ असार १७ गते बसेको केन्द्रिय समितिको बैठकबाट विधानत् परिच्छेत ९७० धारा(२६)को उपधारा (१) बमोजिम निजको साधारण सदस्य समेत नरहने गरि सदस्यता खारिज गर्ने निर्णय गरिएको छ ।’