धानको बोराभित्र कपडाको तस्करी

धानको बोराभित्र कपडाको तस्करी
तस्विर सौजन्य : Rastriyapatrika

वीरगञ्ज, ११ चैत ।
सशस्त्र प्रहरीले अवैधरूपमा भारतबाट ल्याइएको धानको बोराभित्र करोडौँ मूल्य बराबरको लुकाइछिपाइ ल्याइरहेको कपडासहित एक भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । 

भारतबाट आइसिपीको बाटो हुँदै काठमाडौं जान लागेको बिआर ०६ जिबी ४१५६ नम्बरको भारतीय ट्रकलाई आइसिपी गेटनजिक जाँच गर्दा धानको बोरामुनि करिब १ करोड मूल्य बराबरको कपडा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा फेला परेको सशस्त्र प्रहरी प्रदेश नं २ कार्यालय महोत्तरीले जनाएको छ ।

उक्त भारतीय ट्रकमा धानको बोरामुनि सटिङसुटिङ, कुर्ता सुरुवाल, साडीलगायतका कपडा लगायत सामाग्री रहेको सशस्त्र प्रहरी प्रदेश नं २ कार्यालय महोत्तरीले जानकारी दिएको छ। 

सामानसहित सो ट्रकलाई आवश्यक कारवाहीका लागि पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको छ । सो ट्रक र सामान काठमाडौँका इन्द्रमलको रहेको जनाइएको छ ।