‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधि किरण गजमेरलाई

‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधि किरण गजमेरलाई

काठमाडौं, २४ साउन। 
गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् ।

झापाको खुदुनाबारी पुनर्वासका क्रममा अमेरिका पुगेका गजमेरले ‘द भ्वाइस अफ नेपाल’ सिजन(३ को उपाधि जितेका हुन् । टप ४ मा पुगेका अन्य तीन प्रतिस्पर्धी आर्यन राई, ज्वाला राई र तरा श्रीष मगरलाई पछि पार्दै सर्वाधिक भोटका आधारमा उनले उपाधि जितेका हुन् ।

उपाधिसँगै किरणले २५ लाख रुपैयाँ पनि जितेका छन् । उनी टिम प्रमोदबाट टप ४ मा पुगेका थिए ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।