‘एक्स नाइन’ मा अनुबन्धित भए अनमोल, महंगो रकममा सम्झौता

‘एक्स नाइन’ मा अनुबन्धित भए अनमोल, महंगो रकममा  सम्झौता

काठमाडौं, २४ साउन। 
चकलेटी नायक अनमोल केसीले नयाँ फिल्ममा अनुबन्धित भएका छन् । 

शनिवार काठमाडौंको म्यारियट होटलमा फिल्म  ‘एक्स नाइन’का  निर्माणपक्ष र अनमोलबीच सम्झौता भएको छ  । 

फिल्म निर्माण कम्पनी गोल्डेन हिल्स पिक्चर्सले निर्माण गर्न लागेको फिल्म  ‘एक्स नाइन’  नेपालकै पहिलो ठूलो एक्सन फिल्म भएको दावी गरिएको छ ।

अनमोलले नै सामाजिक सञ्जालमार्फत फिल्ममा आफु अनुबन्धित भएको समेत जानकारी दिएका छन् । अनमोललाई यो फिल्मका लागि केहि महिना अघि नै ७० लाख तिरेर फिल्ममा खेल्न लागेको हल्ला चलेको थियो । अहिले अनमोलको फिल्म कतिमा साइन गरे भन्ने अनमोल र निमार्ण पक्षले कसैले खुलाएका छैनन् । उद्यपी अनमोलको पारिश्रमिक नखुलाइए पनि उनी महंगो पारिश्रमिकमा सम्झौता भएको बुझिएको छ ।

मुकुन्द भट्टले निर्देशन गर्ने यो चलचित्रको छायांकन जनवरीदेखि क्यानडा, यूरोप र नेपालमा हुने निर्माणपक्षले बताएको छ ।

 

यस फिल्मको कार्यकारी निर्मातामा रुपमा दिनेश भट्ट रहेको छन् भने निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री छन् ।

चलचित्रमा किङ योगी र मुकुन्दको पटकथा छ ।