बुटवलको कोरोना अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

बुटवलको कोरोना अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

बुटवल, ५ भाद्र । 
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत  एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्युठानको स्वर्गद्वारी नगरपालिका–७ स्थायी ठेगाना भएका ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

'प्रेसरको औषधि सेवन गरिरहनुभएका उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो,' डा. थापाले भने, 'गएरातिबाट नै उहाँलाई बढी समस्या भएको थियो आज बिहान उहाँको स्वर्गरोहण भयो ।' 

साउन अन्तिम साता भारतबाट आएका ती व्यक्ति स्थानीय क्वारेन्टाइनमा पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै स्वास्थ्यमा समस्या देखिएपछि बुटवल ल्याएर आईसीयूमा उपचार भइरहेको थियो । 

अस्पतालमा हाल आईसीयूमा ११ जना उपचाररत छन् भने आइसोलेसनमा २० जना रहेको थापाले जानकारी दिए ।