पश्चिमी वायुको प्रभावले भोली देशैभरी पानी पर्न सक्ने

पश्चिमी वायुको प्रभावले भोली देशैभरी पानी पर्न सक्ने
तस्विर सौजन्य : द हिमालयन टाइम्स

माघ २३ , काठमाडौं । पश्चिमी वायुको प्रभावले बुधबार देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भइरहेको छ भने राजधानी काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उच्च हिमाली क्षेत्रमा भारी हिमपात र केही पहाडी भू भागमा भारी वर्षाको सम्भावना रहेको  मौसमविद् मौसमविद् सुवास रिमालले जनाएका छन् ।  ‘उपत्यकामा पनि भोलि बिहान पानी पर्ने छ र दिउँसो पनि बादल लागिरहनेछ सम्भावना रहेको महाशाखाले जनाएको छ । यो क्रम शुक्रबारसम्म जारी रहने छ।

 पश्चिमी वायूको प्रभावले पुस २३ गते राजधानीमा यो वर्षको पहिलो हिउँदे वर्षा भएको थियो भने माघ पहिलो साता आएको अर्को पश्चिमी वायूको प्रणालीले देशभर कहीँ वर्षा र कहीँ भारी हिमपात भएको थियो। 

'पश्चिमी वायू प्रणाली कहिले र कसरी आउँछ भन्ने एकिन हुँदैन तर भूमध्य सागरदेखि आउने पश्चिमी वायू अहिलेको हिउदमा आएको भने  यो पाँचौं प्रणाली हो' मौसमविद् रिमालले भने ।