पारसलाई भेटेपछि भरतमणिको प्रतिक्रिया, ‘शुभचिन्तक थिएँ, प्रशंसक भएँ’

पारसलाई भेटेपछि भरतमणिको प्रतिक्रिया, ‘शुभचिन्तक थिएँ, प्रशंसक भएँ’

काठमाडौं, ९ कार्तिक । 
कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ का बिजेता भरतमणि पौडेलले पूर्व युवराज पारस शाहसँग भेटघाट गरेका छन् । 

कमेडी च्याम्पियनको सेमिफाइनलमा पूर्व युवराज पारस शाहको नक्कल गर्दै ‘पफमर अफ द राउण्ड’ भएका भरत सिधै फाइनलमा पुग्न सफल भएका थिए।  पारसको गेटअपमा देखिएका भरतमणीले पारसको नक्कल गर्न दुई बर्ष देखि तयारी गरेका बताएका थिए । उनको उक्त अभिनयलाई धेरै दर्शकले खुबै मन पराए । 

भरतमणीले शुक्रबार काठमाडौंको शेर्पा मलमा पूर्व युवराजसँग भेटघाट भए पनि मंगलबार बिहान मात्र दुईबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा राखेका हुन् । भरतमणीसँग ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका प्रतिस्पर्धी सुमन कोइराला पनि भेटमा सहभागी थिए ।
 
भरतमणीले पूर्व युवराजसँग करिव एक घन्टा कुराकानी भएको जानकारी दिएका छन् । 

‘एकदमै खुसी छु केही दिन अघि पुर्वयुबराज पारस शाह सङ्ग  भेट्घाट गर्ने अवसर मिल्यो, लगभग १ घन्टाको बसाइमा रमाइलो गफगाफ भयो । उहाको शुभचिन्तक थिए भेटघाट पछि झन ठूलो प्रसंशक भए, साच्चैनै भन्नेनै हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुदो रहेछ यो अवसर मिलाइदिनु हुने मुनेन्द्र सरलाइ धेरै धेरै धन्यवाद।’ भरतमणीले पारससँगको तस्विर राख्दै सामाजिक सञ्जालमा लेखेका छन् ।