मान्छे खाँदै गरेको चितुवालाई डडेल्धुराका स्थानीयले घेरा हालेर मारे

मान्छे खाँदै गरेको चितुवालाई डडेल्धुराका स्थानीयले घेरा हालेर मारे
प्रतिकात्मक तस्विर

काठमाडौं, २५ कार्तिक । 
डडेल्धुरामा किशोरी मारेर खाँदै गरेको चितुवालाई स्थानियले घेरन हालेर मारेका छन् । 

सोमबार बेलुका भागेश्वर गाउँपालिका–१ की २१ वर्षीया माया कुमारी महताको शव खाँदै गरेको अवस्थामा स्थानिले चितुवालाई स्थानीयले घेरा हाली ढुंगाले हानेर मारेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए।

यसअघि आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको सोमबार माया कुमारीको ज्यन लिएको हो । 

चितुवाको आक्रमणबाट अन्य चार जना सामान्य घाइते भएका छन्।

घटनाको बारेमा थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।