फ्लोर क्रस गर्ने कर्णाली प्रदेशका तीन सांसदलाई मन्त्री पद उपहार

फ्लोर क्रस गर्ने कर्णाली प्रदेशका तीन सांसदलाई मन्त्री पद उपहार

सुर्खेत, ४ वैशाख ।
शुक्रबार मात्रै प्रदेशसभा बैठकमा विश्वासको मत लिएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् ।

मुख्यमन्त्री शाहीले एमालेको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने एमालेका सांसदहरू नन्दसिं बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मन्त्री पद उपहार दिएका हुन् । उनले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरेका हुन् । 

मुख्यमन्त्री शाहीविरुद्य दर्ता भएको अविश्वासको प्रस्तावमा एमाले माधव नेपाल समुहका ४ सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएसँगै शाहीको मुख्यमन्त्री पद जोगिएको थियो । 

पार्टीको ह्वीप उल्लंघन गरी फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका चारै जना सांसदलाई एमालेले  कारवाही गरेको छ । 

नन्दसिं बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई साधारण सदस्य र सांसदसमेत नहरने गरी एमालेले निष्कासित गरेको छ ।