मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा २ जना पक्राउ

मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा २ जना पक्राउ

 जेठ २४, पर्सा
वीरगंज महानगरपालिकाको विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा वीरगंज  महानगरपालिका वडा नम्बर १० का २६ बर्षीय अम्मेन्द्र कुमार पटेल र  वडा नम्बर २० का २७ बर्षीय धिरेन्द्र महतो रहेका छन् ।

बिहीबार दिउँसो फरक फरक समयमा वीरगंज महानगरपालिका ११ स्थित रानिघाटमा पार्किङ गरी राखेको ना.५५ प ७१७४ नम्बरको मोटरसाइकल र वीरगंज महानगरपालिका १० स्थित आदर्शनगर डेरा गरी बस्ने नविन झा ले आफ्नो घर अगाडि पार्किङ गरी राखेको ना.४ प ४०५७ नम्बरको मोटरसाइकल चोरी भएको थियो । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना.४ प ४०५७ नम्वरको मोटरसाइकल सहित पटेललाई आदर्शनगरबाट र ना.५५ प ७१७४ नम्बरको मोटरसाइकल सहित महत्तोलाई रानीघाटबाट पक्राउ गरेको हो ।