बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई सरकारले २ लाख राहत दिने

बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई सरकारले २ लाख राहत दिने

काठमाडौं, ५ भाद्र । 
सरकारले बाढी पहिरो तथा विपत्तिमा परि मृत्यु हुने परिवारलाई २ लाख रुपैंया राहत प्रदान गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद्को निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले एकै परिवारका धेरैजनाको मृत्यु भएको भए सो २ लाखमा अरु सदस्यका लागि थप १ लाखका दरले सरकारले सहायता उपलब्ध गराउने जानकारी दिएका छन् ।  

अर्थ तथा सञ्चारमन्त्री खतिवडाले धनजनको क्षति भई खानबस्न समेत समस्या रहेका परिवारलाई त्यसका लागि २० हजार रुपैंयाको दरले राहत उपलब्ध गराइने जानकारी दिए।

त्यसै गरी प्राकृतिक बिपत्तिमा घाइतेहरुको सम्पूर्ण उपचार खर्च पनि सरकारले ब्यहोर्ने निर्णय गरेको छ।