प्रियंकाले हटाइन् आफ्नो नामबाट पतिको थर

प्रियंकाले हटाइन् आफ्नो नामबाट पतिको थर

७ मंसिर, काठमाडौं । 
हलिउड तथा बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो सामाजिक सञ्जालको नामबाट उनका पति अमेरिकी गायक निक जोनसको थर हटाएपछि उनीहरुका प्रशंसक अलमलमा परेका छन् । 

प्रियंकाले इन्स्टाग्राममा आफ्नो नामबाट श्रीमान् निकको थर हटाएपछि प्रियंका र निकमा प्रशंसक उनीहरु दुईको सम्बन्धलाई लिएर अलमलमा परेका हुन् । 

प्रियंकाले थर हटाएपछि सामाजिक सञ्जालमा उनीहरुको सम्बन्धविच्छेदबारे हलचल नै मच्चिएको छ। धेरैले प्रियंका र निकबिच खटपट भएको आशंका गरेका छन्। यो घटनाले उनीहरुको तीन वर्षको वैवाहिक जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने कतिपयको अनुमान छ। 

प्रियंकाकी आमा मधु चोपडाले भने यो हावादारी कुरा भएको र यस्ता हल्ला नफैलाउन आग्रह गरेकी छिन्। 

यता भारतीय मिडिया बलिउड लाइफका अनुसार प्रियंकाले यसरी जोनस थर हटाएर आफ्नो श्रीमान निक वा उनका फ्यानलाई जिस्काइरहेकी हुन्।

यि दुईको सम्बन्धविच्छेदबारे हल्ला चलिरहँदा निकको  इन्स्टाग्रामको भिडियोमा प्रियंकाले गरेको कमेन्टले उनीहरुको सम्बन्ध बिग्रिएको देखिदैन्। निकको पोस्टमा प्रियंकाले निकको शरीरको तारिफ गरेकी थिइन्।