एक महिना पछाडि धकेलियो ओस्कार अवार्ड समारोह

एक महिना पछाडि धकेलियो ओस्कार अवार्ड समारोह

ऐजेन्सी, १४ जेठ ।
विश्वप्रसिद्ध फिल्म अवार्ड ‘ओस्कार’ आयोजक एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेज (एएमपीएएस) ले २०२२ मा हुने समारोहलाई एक महिना पछाडि सार्ने निर्णय गरेको छ । 

एएमपीएएसले एक विज्ञप्ती जारी गर्दै २०२२ को फेब्रुअरी २७ मा हुने पूर्व निर्धारित अवार्डलाई मार्च २७ मा आयोजना गर्ने जनाएको छ ।

एएमपिएएसले एक विज्ञप्ति जारी गर्दै यसअघि २७ फेब्रुअरी २०२२ मा अवार्डको मिति तय गरिएकोमा एक महिना पति २७ मार्च २०२२ मा समारोह आयोजना गर्ने घोषणा गरेको हो ।  

यसअघि ९३ औं संस्करणको ओस्कार अवार्ड गत अप्रिल २५ मा गरिएको थियो । यो संस्करणमा फिल्म ‘नोम्याडलेण्ड’ले ‘बेस्ट फिल्म’, ‘बेस्ट डायरेक्टर’ र ‘बेस्ट एक्ट्रेस’को अवार्ड जितेको थियो ।

यो निर्णयसँगै थिएटरमा रिलिज नभई ओटीटी प्लेटफर्ममा रिलिज हुने फिल्महरुले अवार्डमा सहभागि हुने मौका पाएका छन् ।