कुलमानको आग्रह : सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनु

कुलमानको आग्रह : सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनु

३ असोज, काठमाडौं ।
सडकमा दिनप्रतिदिन कुलमानको बारेमा आवाज उठ्न थालेपछि नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले सडकमा भिडभाड गरी प्रदर्शन नगर्न गरेका छन् ।

शनिबार एक बिज्ञप्ति जारी गर्दै कुलमानले महामारीको संवेदनशील अवस्थामा आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखि सडकमा भिडभाड गरी प्रदर्शन नर्गन आग्रह गरेका छन् ।

उनले विज्ञप्तीमा लेखेका छन्, ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखि महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।'