ग्रिजम्यानको डेब्यु खेलमै बार्सिलोनाको हार

ग्रिजम्यानको डेब्यु खेलमै बार्सिलोनाको हार

साउन ७, काठमाडौं । 
 प्रि सिजनको पहिलो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा बार्सिलोना चेल्सीसँग पराजित भएको छ ।

जापानमा आज सम्पन्न मैत्रीपूर्ण खेलमा ग्रिजम्यानले डेब्यु गरेपनि  इंग्लिस क्लब चेल्सीसँग स्पेनिस क्लब बार्सिलोना २-१ गोलअन्तरले पराजित भएको हो । चेल्सीको जितमा टमी अब्राहम र रोस बार्कलीले गोल गरे भने यता, बार्सिलोनाका लागि इभान रकिटिकले गोल गरे ।

खेलको ३४औं मिनेटमा नै अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनकै गोलको अधारमा चेल्सीले पहिलो हाफसम्म १-० गोलअन्तरको अग्रता बनाएको थियो ।

खेलको ८१औं मिनेटमा बार्कलीले गोल गर्दै चेल्सीलाई २-० गोलको अग्रता दिलाए । तर खेलको ९०औं मिनेटमा बार्सिलोनाले गोल फर्काउन सफल भयो । बार्सिलोनाका लागि रकिटिकले गोल गरे ।

आजको खेलमा बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानको डेब्यु खेल थियो ।  आजको खेलमा उनलाई मुख्य फरवार्ड बनाएर खेलाइएको थियो ।