पहिलो खेलमा नै नेपाल कतारसँग ४ विकेटले पराजित

पहिलो खेलमा नै नेपाल कतारसँग ४ विकेटले पराजित
तस्विर सौजन्य : the kathmandu post (file photo)

साउन ७, काठमाडौं । 
२०-२० विश्वकपका लागि एसिया क्षेत्र छनौट अन्तर्गतको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ ।

सिंगापुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन बनाएको थियो।  नेपालले दिएको १ सय २३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो । 

कतारको जितमा ईनाम उल हकले ४१ र कमरान खानले २२ रनको योगदान दिए । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले  सर्वाधिक ३४ रन बनाए भने कप्तान पारस खड्काले २८ र उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चेर ३ विकेट लिए भने करण केसीले समान ४ ओभर बलिङ गर्दै १८ रन मात्रै खर्चिदै किफयती बलिङ गरे । कतारका लागि इकबल हुसेइनले सर्वाधिक ३ विकेट लिए ।