पछिल्लो २४ घण्टामा आठ हजार ९६० संक्रमित, पाँच हजार ५५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा आठ हजार ९६० संक्रमित, पाँच हजार ५५ जना संक्रमणमुक्त

काठमाडौं, ३० वैशाख। 
पछिल्लो २४ घण्टामा देशभर आठ हजार ९६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ४७४ पीसीआर परीक्षण र ७७१ एन्टीजेन परीक्षण बाट आठ हजार ९६० जनामा कोरोना पुष्टि भएको हो । 

२४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या तीन लाख २१ हजार ५१८ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ । उक्त संख्या नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको संख्यासमेत जोडर भएको हो ।

काठमाडौंमा २७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जना गरी उपत्यकामा तीन हजार ५६२ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म २७ लाख १२ हजार ५६२ पीसीआर परीक्षण भएको मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ ।