गरिमा बनिन् मिस नेपाल नर्थ अमेरिका

गरिमा बनिन् मिस नेपाल नर्थ अमेरिका

काठमाडौं, २५ साउन। 
अमेरिकामा आयोजना भएको मिस नेपाल नर्थ अमेरिका-२०२१ को ताज गरिमा ज्ञवालीले जितेकी छन् । 

गरिमाले १८ जना प्रतियोगीलाई हराउँदै मिस नेपाल नर्थ अमेरिका–२०२१ को ताज जित्न सफल भएकी हुन् । अगस्ट १ तारिक देखि ६ सम्म चलको प्रतियोगीतको शनिबार फाइनल भएको थियो।

प्रतियोगीतामा फर्स्ट रनरअप याङ्गछेन लामा भइन् भने सेकेन्ड रनरअप सुभेच्छा निरौला भइन्। 

त्यस्तै, मिस ट्यालेन्टमा रोशिका गजमेर, मिस कम्युनिटी आउटरिचमा एलिना राइ, मिस पपुलरमा नग्मा गुरुङ्ग, मिस स्माइलमा निमिका थापा ,मिस वेस्ट ड्रेसमा सेलिषा नेपाल, मिस पर्सोनालिटीमा गरिमा ज्ञवाली ,मिस डिसीप्लेनमा सुप्रिता फुयाल ,मिस क्याटवाकमा दिना केसी ,मिस पर्सोनालिटीमा गरिमा ज्ञवाली , मिस राईजिगं स्टारमा अलिशा गुरुङ्ग, मिस स्किनमा चाँदनी लामा, मिस बेस्ट हेयरमा मुना नेपाल, र उत्कृष्ट हेरिटेजमा जेनी रावत बनेकी छन्।

प्रतियोगिताको लागि पूर्व नेपाल सुन्दरीहरु शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ,मनिता देवकोटा,मलिना जोशी तथा साहना वज्राचार्य अमेरिका पुगेका थिए । 

पुर्व मिस नेपाल समेत रहेकी शृंखलाले अफिसियल मेन्टोर तथा मुख्य निर्णायकको भुमिका निभाएकी थिइन् भने अन्य निर्णायकहरुमा सुरज सिंह ठकुरी,सवु गदाल कार्की, मोनिका घले, मलिना जोशी,डा सुलोचना गुरुग, आशिश प्रसाई, पूर्ण लामा, पशुपति श्रेष्ठ तथा अधिवक्ता बासु फूलारा रहेका थिए ।