परम्परागत पोशाक पति निकसँग प्रियंकाले मनाइन् दिपावली, तस्बिर भाइरल

परम्परागत पोशाक पति निकसँग प्रियंकाले मनाइन् दिपावली, तस्बिर भाइरल

काठमाडौं, २१ कार्तिक । 
बिहेपछि आफ्ना पति निकसँग अमेरिकामा बस्न थालेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले दिपावली मनाउदै गरेका तस्विर भारतमा भाइरल भएको छ । 

सामाजिक सञ्जालमा उनले आफ्ना पतिसँगै दिपावली गरेको तस्विरमा प्रियंका र निक दुबैजना परम्परागत पोशाकमा देखिएका छन् । प्रियंकाले पहेँलो रंगको साडी लगाएकी छिन् भने निकले सेतो रंगको कुर्ता पाइजामा लगाएका छन् । हातमा पूजाको थाली लिएर दुबैले लक्ष्मीको पूजा गरिरहेका छन् । 

चाडपर्वहरू भव्य रुपमा मनाउने गरेकी छिन् प्रियंकाले पतिसँग परम्परागत पोशाकमा दिपावली मनाएपछि संस्कृति बिर्सेकी छैनन् भन्दै उनका समर्थकले प्रंशसा गरिरहेका छन् । 

यतस्बिर सार्वजनिक गर्दै प्रियंकाले क्याप्सनमा लेखेकी छिन्, ‘या देवी सर्वभूतेषु लक्ष्मी रुपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।’ 

प्रियंका चाडैं नै अमेजन प्राइमको वेब सिरिज ‘सिटाडेल’ मा देखिनेछिन् । त्यस्तै, हलिउड फिल्म ‘टेक्स फर यु’ का लागि पनि काम गर्दैछिन् ।