कोरोना संक्रमितलाई बेड चाहियो? यि नम्बरमा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोना संक्रमितलाई बेड चाहियो? यि नम्बरमा  फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, २३ वैशाख ।   
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि बेड चाहिएमा मन्त्रालयको टोलफ्रि नं. ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । 

मन्त्रालयले एक सूचना प्रकाशित गरी बिरामीलाई अस्पताल जान परेमा वा अस्पतालमा बेड चाहिए  ती टोलफ्रि र मोबाइल नम्बरमा सम्र्पक गर्न आग्रह गरेको हो । ती नम्बरमा फोन गरे बेड उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरिका अस्पतालमा बेडको अभाव रहेको छ । 

बुधबार मात्र ८ हजार ६५९ जना सङ्क्रमित भएका थिए भने ५८ को निधन भएको थियो ।