बरिष्ट गायक प्रेमध्वज प्रधानको निधन

बरिष्ट गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं, २३ वैशाख ।   
बरिष्ट संगीतकार एवं गायक प्रेमध्वज प्रधानको  निधन भएको छ ।

छातीमा समस्या देखिपछि बसुन्धरास्थित न्युरो अस्पतालमा भर्ना भएका उनको बिहिबार दिउसो करिव १:४५ बजे मृत्यु भएको हो ।

छातीमा समस्यदेखिएर सास फेर्न गाह्रो भएपछि उनलाई आज बिहान अस्पताल पुर्याइएको थियो ।

उपचारका क्रममा गरिएको उनको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ ।

सिन्धुपाल्चोकमा जन्मिएरका प्रधानका ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’,‘पर लैजाउ फुलहरु ’, ‘गोरेटो यो गाँउको ’,‘तिमीलाई अचेल कहाँदेखु’ जस्ता थुप्रै गीत प्रसिद्ध थिए ।