रामेछापमा धावनमार्गबाट चिप्लियो तारा एयरको जहाज

रामेछापमा धावनमार्गबाट चिप्लियो तारा एयरको जहाज
तस्विर सौजन्य : Aviation Nepal

 बैशाख ९, काठमाडौं  । 
काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयर नाइन एन एकेके कल साइन भएको डोर्नियर विमान खराब मौसमका कारण लुक्लामा अवतरण हुन नसकेपछि रामेछापको मन्थली विमानस्थलमा अवतरणका क्रममा चिप्लिदा दुर्घटनामा परेको छ ।

जहाजमा १४ विदेशी यात्रु र तीनजना चालक दलका सदस्य थिए। विमान दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । 

सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर जहाज रनवे छाडेर चउरमा गएर धस्सिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । 

मन्थलीमा हिजो अपराह्न ठूलो वर्षा भएको थियो । वर्षाले विमानस्थल भिजे पनि आज बिहानैदेखि विभिन्न कम्पनीका विमानहरुले उडान भर्न सुरु गरेका थिए ।