कोलम्बोमा श्रृंखलाबद्ध बम विष्फोट भएपछि कर्फ्यु आदेश जारी गर्दै सामाजिक सञ्जाल बन्द

कोलम्बोमा श्रृंखलाबद्ध बम विष्फोट भएपछि कर्फ्यु आदेश जारी गर्दै सामाजिक सञ्जाल बन्द
तस्विर सौजन्य : BBC

 बैशाख ८, कोलम्बो (एजेन्सी) । 
श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल र विभिन्न चर्चमा आइतबार करिब १ सय ४० जनाको ज्यान जानेगरी श्रीलंकाका विभिन्न स्थानमा भएका बम विष्फोटपछि त्यहाँ कर्फ्यु आदेश जारी गर्दै सामाजिक सञ्जाल केही समयका लागि सामाजिक सञ्जाल बन्द गरिएको छ ।

विष्फोटनपछि विभिन्न झुठा र मानिसहरुलाई भड्काउने किसिमका समाचार सामाजिक सञ्जालमार्फत् फैलिएपछि त्यसलाई रोक्नका लागि फेसबुक र इन्स्टाग्रामसहितका सामाजिक सञ्जाल केही समयका लागि बन्द गरिएको श्रीलंका सरकारको सचिवालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

त्यस्तै, विष्फोटनलाई मध्यनजर गर्दै श्रीलंकाभर बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म उच्च सुरक्षा सतर्कताका साथ कर्फ्यु जारी गरिएको छ । 

यसअघि त्यहाँको शिक्षामन्त्रालयले सोमबार र मंगलबारका लागि विद्यालयहरु बन्द गर्ने घोषणा गरिसकेको छ ।