मनोज गजुरेल बने सिरिजङ्गाको पर्यटन सद्भाव दूत

मनोज गजुरेल बने सिरिजङ्गाको पर्यटन सद्भाव दूत

काठमाडौं । चर्चित हास्य कलाकार मनोज गजुरेललाई सिरिजङ्गाको गाउँ पालिकाले  ‘सिरिजङगाको छोरो’ घोषणा गरेको छ । 

ताप्लेजुङ जिल्लाको मामाङखेमा जन्मिएका कलाकार मनोज गजुरेललाई सोही क्षेत्रको समग्र पर्यटन प्रवद्र्धनका लागि भन्दै ताप्लेजुङको सिरिजङ्घा गाउँ पालिकाले पर्यटन सद्भावना दूत तथा सिरिजङगाको छोरो घोषणा गरेको हो । 

उनलाई गाउँपालिकाले पर्यटन सद्भावना दूत तथा सिरिजङगाको छोरो घोषणा पछि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बधाई ज्ञापन गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, "ताप्लेजुङ जिल्लाको मामाङ्खेमा जन्मनु भएका नेपालको राष्ट्रिय र लोकप्रिय कलाकार मनोज गजुरेललाई ताप्लेजुङ्को सिरिजङ्गा गाउँ पालिकाको नवौं सभाले ूसिरिजङगाको छोरोू  को उपनामले परिभाषा गरेको छ।साथै पर्यटन सद्भाव दुतको रुपमा निर्णय गरेको छ। मित्र मनोज गजुरेललाई हार्दिक बधाई र शुभकामना ब्यक्त गर्दछु ।वहाँको सक्रियताले ताप्लेजुङ्को पर्यटन प्रबर्द्धनमा उल्लेख्य उपलब्धी हासिल हुनेछ ।"