चट्याङ परेपछि हलिउड गायिका माइली चढेको विमानको आकस्मिक अवतरण

चट्याङ परेपछि हलिउड गायिका माइली चढेको विमानको आकस्मिक अवतरण

११ चैत, काठमाडौं । 
हलिउड गायिका माइली साइरस चढेको विमान खराब मौसमका कारण आकस्मिक अवतरण गरेको छ। माइलीले उक्त घटनाबारे सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै जानकारी दिएकी छन् ।

एक फेस्टिभलमा सहभागी हुन पराग्वे जाँदै गर्दा बीचमा एक्कासी मौसम परिवर्तनसँगै चट्याङ पर्न थालेपछि तत्काललाई फेस्टिभलमा सहभागी हुने योजनालाई रोकेर विमानलाई आकस्मिक अवतरण गराइएको थियो । 

‘मेरा प्रशंसक र सबैका लागि जो मेरो उडानको चिन्तामा हुनुहुन्थ्यो । हामी चढेको विमान एक अप्रत्याशित तुफानमा फँस्यो र चट्याङको चपेटामा पर्यो । जसकारण विमानले आकस्मिक अवतरण गर्नु परेको थियो’, माइलीले इन्टाग्राममा लेखेकी छिन्, ‘मेरो चालक दल, ब्यान्ड, साथीहरू र परिवार जो मसँग यात्रा गरिरहेका थिए सबै आकस्मिक अवतरण पछि सुरक्षित छन्।’