भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायांकनमा निस्कियो ‘सरी मम्’ को टोली

भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायांकनमा निस्कियो  ‘सरी मम्’ को टोली

११ चैत, काठमाडौं । 
चलचित्र ‘सरी मम्’ को छायांकन सुरु भएको छ । 

बिहीबार भद्रकाली मन्दिरमा शुभ मुहूर्त सहित फिल्मको छायांकन गरिएको हो । क्यामेरा पुजा गर्दै थालिएको छायांकन अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए । 

बागमती र गण्डकी प्रदेशमा छायांकन गरिने बताइएको उक्त चलचित्र सरिता र प्रभातका साथै सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहने छ ।

एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने चलचित्र नविन बोगटीले निर्देशन गर्दै छन् ।

सामाजिक कथावस्तुमा निर्माण हुन लागेको चलचित्रको निर्माता विनोद लामा हुन् ।

चलचित्र आगामी दशैं र तिहारको बीचमा रिलिज गर्ने निर्माण टीमको तयारी छ ।