यु-१८ च्याम्पियनसिपमा नेपाल भुटानसँग पराजित

यु-१८ च्याम्पियनसिपमा नेपाल भुटानसँग  पराजित
तस्विर सौजन्य : bbs

असोज ५, काठमाडौं । 
यू–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपालले  कमजोर मानिएको भुटानसँग  ३-० को लज्जास्पद हार व्यहोरेको छ ।

हल्चोक स्थित शसस्त्र प्रहरी बलको मैदानमा आइतबार भएको समूहको दोस्रो खेलमा भुटानसँग ३–० गोलले पराजित भएपछि नेपालको सेमिफाइनल यात्रनै धरापमा परेको छ । खेलभर नेपाललाई कडा टक्कर दिएको भुटानले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो ।

खेलको ३७ औं मिनेटमा यसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाए । त्यसपछि खेलको ८६ औं मिनेटमा विशाल बस्नेतले डिबक्सभित्र भुटानका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै केल्जिङ जिग्मीले भुटानलाई २–० को अग्रता दिलाए । भुटानका लागि तेस्रो गोल खेलको अतिरिक्त समयमा कर्मा सोनामले गरे ।

समूह ‘ए’मा रहेको नेपाल पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरीमा रोकिएको थियो । पहिलो जितसँगै भुटानले तीन अंक बनाएको छ । माल्दिभ्स र नेपालको समान एक एक अंक छ । भुटान सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब समूहको अन्तिम खेलमा भुटानले माल्दिभ्सलाई फराकिलो गोल अन्तरले हराए मात्र नेपाल अघिल्लो चरणमा पुग्नेछ ।