एलिना र किरणले गरे विपन्न परिवारलाई खाद्यान्न सहयोग

एलिना र किरणले गरे विपन्न परिवारलाई खाद्यान्न सहयोग
तस्विर सौजन्य : किरण भुजेलको फेसवुकबाट

काठमाडौं, १ असार । 
पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र गायक किरण भुजेलले विपन्न परिवारलाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । 

उनीहरुले हाम्रो टिम नेपालको सहयोगमा कोरोना महामारीका कारण प्रभावित नुवाकोटको ओखरपौवा बस्तीका ३५ विपन्न परिवारलाई गाउमै पुगेर खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

वस्तीका ३५ परिवारलाई दैनिक आवश्यकताका सामाग्री प्रती परिवार एक बोरा चामल, नुन, तेल, साबुन ,चिनी चियापत्ती र मास्क सहयोग गरेका हुन्।

टिकटकबाट फ्यानहरुले गरेको सहयोगबाट यति ठूलो सहयोग गर्न पाउँदा निकै खुसी लागेको गायिका चौहानले बताइन् । "व्याक्गित रुपमा लागेर यसरी यति ठूलो सहयोग गरेको पहिलोपल्ट हो", उनले भनिन "आज एउटा सपना नै पुरा भएको जस्तो भएको छ, भगवानले पुर्याएसम्म पछिसम्म पनि यसरी सहयोग गर्ने इच्छा छ ।" 

काठमाडौं उपत्यका भन्दा बाहिर आएर यसरी विपन्न परिवारलाई सहयोग गर्न पाउदा खुसी लागेको गायक भुजेलले बताएका छन् ।