गायक राजेशपायलमाथि हातपात गर्ने पासाङले सगुन दिएर मागे माफी

गायक राजेशपायलमाथि हातपात गर्ने पासाङले सगुन दिएर मागे माफी

१९ पुस, काठमाडौं । 
अमेरिकाको न्यूयोर्कमा गायक राजेशपायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले सगुन दिएर माफी मागेका छन् । 

शेर्पा संस्कृतिअनुसार रक्सी र खादा सगुन दिएर उनले माफी मागेका हुन्। अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा भएको कार्यक्रममा गायक राईमाथि शेर्पाले मन्चमै पुगेर दुर्व्यवहार गरेका थिए ।

उक्त घट्नाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शेर्पामाथि सुरक्षा चुनौती बढेको र कलाकारमाथि अपमान भएको भन्दै आयोजकमाथि प्रश्न उठेको थियो । तर घट्नाबारे चौतर्फी विरोध भएपछि शेर्पाले आयोजक समितिको उपस्थितिमा गायक राईसमक्ष माफी मागेका हुन् ।

राजेशले पनि पासाङले गल्ती स्वीकार गरेको भन्दै माफी दिएको बताएका छन् । ‘मानिस हो मानिसबाटै गल्ती हुन्छ, गल्ती स्वीकार्नु पनि महानता हो । र, उहाँ थोरै बिरामी हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना,’ उनले फेसबुकमा लेखेका छन् ।