फुजी स्याउमा नेपाली किसानको आकर्षक बढ्दो

फुजी स्याउमा नेपाली किसानको आकर्षक बढ्दो

खलङ्गा, ३ चैत ।  

पछिल्लो समय नेपालका किसान विदेशी फुजी स्याउको उत्पादनतर्फ आकर्षित हुन थालेका छन् । 

नेपालमा उत्पादन हुने अग्र्यानिक जुम्ली स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिन थालेपछि  किसान यसतर्फ आकर्षित भएका हुन् । 

जिल्लामा फुजी स्याउखेती सफल भएसँगै जुम्ला एग्रो फार्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफल जग्गा लिजमा लिएर स्याउखेती शुरु गरेको एग्रो फार्मका सञ्चालक सञ्चालक रेश्मा श्रेष्ठले बताए। 

शुरुआतमा ‘फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी पाँच प्रकारका स्याउ लगाइएको सञ्चालक श्रेष्ठले बताए । जिल्लामा चार–पाँच वर्षदेखि  इटालियन फुजी जातको स्याउखेती हुन थालेको छ । 

कम लागतमा बढी उत्पादन दिने भएकाले फुजी स्याउखेतीतर्फ यहाँका किसान आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपर जोन कार्यालय जुम्लाका कार्यालय प्रमुख नवराज भण्डारीले बताए।