थप ४ सय ७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या साढे १४ हजार नाघ्यो

थप ४ सय ७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या साढे १४ हजार नाघ्यो

१८ असार, काठमाडौं । 
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  

स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १ सय ९ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७३ जनामा कोरोना संक्रमण देखिएको हो । 

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । कूल संक्रमितहरुमध्ये १ हजार ८ सय ८३ जना महिला र १२ हजार ६ सय ३६ पुरुष रहेको मन्त्रालयका प्रवक्ता गौतमले जनाएका छन्।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा सुनसरीका ३, मोरङका ६, झापाका १, सप्तरीका १०, धनुषाका ३०, महोत्तरीका १३, अछामका ३१, बझाङका ३५ , डोटीका ५८, कैलालीका १६५, कन्चनपुरका ३१, खोटाङका १, ललितपुरका १, चितवनका २, बर्दियाका १, भक्तपुरका २, धादिङका १, दोलखाका २, गोरखाका १, काठमाडौंका २८, काभ्रेपलाञ्चोकका १, मकवानपुरका १, पाल्पाका १, रामेछापका १, रुपन्देहीका १, सिन्धुलीका १, उदयपुरका १, नवलपरासीका १, अर्घाखाँचीका २, सुनसरीका १, नुवाकोटका १, रसुवाका १, सिन्धुपाल्चोकका ३, बागलुङका १, पर्वतका २, तनहुँका ३, स्याङ्जाका ३, कास्कीका १, लमजुङका १६, दाङका ४ दैलेखका ३ र कालिकोटका १ जना रहेका छन् ।

सरकारले थप २ वटा पीसीआर परीक्षण गर्न सक्ने प्रयोगशाला थप गरेसँगै नेपालभर पीसीआर परीक्षण हुने प्रयोगशालाको संख्या २५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ५ सय ३७ पीसीआर परीक्षण भएको छ । हालसम्म कुल २ लाख ३७ हजार ७ सय ६४ पीसीआर परीक्षण भएको छ । नेपालभरी अहिले ३८ हजार १ सय ९ जना क्वारिनटाइनमा रहेका छन् भने आइसोलेसनमा रहेका संक्रममितको संख्या १० हजार १ सय ३७ स्वास्थ्य  मन्त्रालयका प्रवक्ता देवकोटा जानकारी दिएका छन् ।

पछिल्लो २४ घन्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ ।

हालसम्म प्रदेश १ मा ६ सय ३६ जना, प्रदेश २ मा ३ हजार ९ सय ९ जना, बागमती प्रदेशमा ५ सय ५ जना, गण्डकी प्रदेशमा १ हजार ८४ जना, प्रदेश ५ मा ३ हजार ८ सय ५३, कर्णाली प्रदेशमा १ हजार ५ सय १२ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार २० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् ।